सातै प्रदेशमा प्रदेश स्तरीय सरकारी अस्पताल बनाउन प्रेम सुवालको माग

आइतबार, ३ असार २०८०

काठमाडौं— नेमकिपाका सांसद प्रेम सुवालले सातै प्रदेशमा प्रदेश स्तरीय सरकारी अस्पताल बनाउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्ला अस्पतालमा माकुराको जालो लागेर बसेको अवस्था अन्त्य गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘अब उप्रान्त नेता र नेताहरूको पत्नीको विदेशमा उपचार हुँदैन भनेर मन्त्रीज्यूले भन्न जरुरी छ।’ उनले जिल्ला अस्पताललाई उपकरण सुविधायुक्त बनाउन सरकारले पहल गर्नुपर्ने बताए। उनले नेपालमा रोवर्ट सर्जरी सुरु गर्न विलम्ब गर्न नहुने पनि बताए।