सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता छः गोपाल भट्टराई

बिहिबार, ४ साउन २०८०

काठमाडौं— राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको पनि बताए ।