एनआइसी एशिया बैंकले २६औं वार्षिकोत्सव मनाउने

शुक्रबार, ५ साउन २०८०

काठमाडौं— एनआइसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउन गइरहेको छ।

बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । बैंकद्वारा जारी विज्ञप्तिमा ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ।’ भनिएको छ ।

बैंकको यस यात्रामा अगाध स्नेह एवम् भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरू प्रति आभार व्यक्त गरेको छ।

आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरू प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथि पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गरेको बैंकले बताएको छ।