नेपालको राजनीति अनिश्चितताको भुमरीमा फस्योः विजयकुमार गच्छदार

मंगलबार, ९ साउन २०८०

काठमाडौं— नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए ।

गच्छदारले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए । नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।