राजनीतिक प्रतिशोधमा सरकारले समय खेर फ्यालेको भण्डारीको आरोप
काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाएका छन् ।
पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन् । पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’
कसैलाई नपचेको कारणले पार्टीको सांसद शर्मा पक्राउ गरेको उनले बताए । उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गरेपछि किन उन्मुक्ति नपाउने रु सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ । थुन्नुपर्ने किन रु’