राजनीति खरिद गर्ने प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्छः प्रकाशमान सिंह

सोमबार, २९ साउन २०८०

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसाको बलमा पार्टी संगठन कब्जा गर्ने र राजनीति नै खरिद गर्ने प्रवृत्तिविरूद्ध संघर्ष गर्नुपर्ने चुनौती थपिएको बताएका छन्।

प्रजातान्त्रिक विचार समाजका प्रतिनिधिहरूसँगको सोमबार चाक्सीबारीमा भएको छलफलमा सिंहले यस्तो बताएका हुन् । उनले मुलुक र राजनीतिक दल विधिको शासनअनुसार चल्नुपर्ने पनि बताए।

मुलुकमा रहेका विकृति र विसङ्गती तथा भ्रष्टाचारविरूद्ध राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए। उक्त छलफलमा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले लोकतन्त्रप्रति बढ्दो खतरा रहेको बताएका थिए।