नेकपा एसद्वारा २१ जना केन्द्रीय सदस्य मनोनित

बिहिबार, २८ भाद्र २०८०

काठमाडौं— नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै नेकपा एसले सदस्य थप गरेको जानकारी गराएको हो ।

पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा अनेरास्ववियूको अध्यक्षबाट बिदा लिएर बसेका सुदेश पराजुली पनि परेका छन् । त्यसै गरी अजबहादुर मल्ल — बाजुरा, ओमचरण अमात्य — भक्ततपुर, गौतम राई — काठमाडौँ, गोविन्द चेपाङ —मकवानपुर, चन्द्रा श्रेष्ठ — झापा, चिरञ्जीवी भट्टराई —सुनसरी, जयप्रकाश यादव — बारा, दिपक केसी — काठमाडौँ, धनबहादुर कार्की — दोलखा, धर्म शाही — मुगु, नन्द बञ्जाडे — काठमाडौं, बरुनाथ योगी — दैलेख, बैकुण्ठ भुसाल —पर्बत, भक्तिमान सुब्बा— पाँचथर, मिना लामा —मकवानपुर, रामप्रसाद ढुङाना — काठमाडौँ, लंक हमाल — कपिलवस्तु, शालिकराम भट्टराई —नवलपरासी पूर्व, शिवकुमारी खनाल— काठमाडौँ, शैलेन्द्र उपाध्याय— रूपन्देही, सुदेश पराजुली — काठमाडौँ पनि सदस्य बनेका छन् ।