राष्ट्रपतिबाट आममाफी पाएका रिगल पुनः पक्राउ
काठमाडौं— राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जको न्यूरोडबाट पक्राउ गरेको एसपी सुवासचन्द्र बोहराले बताए । उनले भने,’ मलाई हेडक्ववाटरबाट पक्राउ गर्नु भन्ने आदेश थियो । उनलाई न्यूरोडबाट पक्राउ गरेको हो । ‘
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।