मालकोट बन्यो संसारकै पहिलो ‘सी गाउँ’

शुक्रबार, ८ मंसिर २०८०

कालिकोट -जनयुद्धको आधारभूमी  कालिकोटको माल्कोट संसारकै पहिलो ‘सी गाउँ’ बन्ने भएको छ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले पार्टी पूनर्गठनको दिन पारेर माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्ने  भएपछी  माल्कोट संसारकै पहिलो ‘सी गाउँ’ बन्ने भएको हो । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनयुद्धको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो हुने गरी आज ‘सी गाउँ’ घोषणा गर्दैछ ।

माल्कोटको सेरापाटा विद्यालयमा केहीवेरमा सुरु हुन लागेको औपचारिक कार्यक्रम मार्फत प्रवक्ता प्रकाण्डले ‘सी गाउँ’ घोषणा गर्नेछन ।

१० औं पार्टी पूनर्गठनका दिवस र जनमुक्ति सेना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा ‘सी गाउँ’ घोषणा गर्ने तयारी भएको नेकपा कालिकोटले जनाएको छ ।

सी भनेको अंग्रेजीमा कम्युनिष्ट (Communist) र कम्युनिष्टको नेपाली अर्थ साम्यवादी भएकाले माल्कोट गाउँलाई ‘कम्युनिष्ट साम्यवादी गाउँ’ घोषणा गर्न लागिएको हो ।

माल्कोटमा जनयुद्धको क्रममा ३३ जना र एकीकृत जनक्रान्तिको क्रममा १ जना गरी ३४ जनाको बलिदान भएको गाँउ हो ।
यही गाउँमा नेकपाका प्रवक्ता प्रकाण्डको पनि जन्म भएको थियो ।

जनयुद्धको क्रममा जनदमनका गएको प्रतिक्रियावादी सत्ताको प्रहरीलाई २०५४ साल चैत्र २६ गते स्थानीय क्रान्तिकारी महिलाहरुले लख्ेट्दै हतियार खोसेर पार्टीलाई समेत बुझाएको गाउँ हो ।

यो गाउँ कम्युनिष्ट तथा विशेषगरी माओवादी विचारधारामा संगठित गाउँ भएकाले नेकपाले माल्कोटलाई पहिलो पटक साम्यवादी अथवा ‘सी गाउँ’ घोषणाको तयारी गरेको नेकपा कालिकोटले जनाएको छ ।