संकल्प पञ्चकन्याले जित्यो नेकपा पुनर्गठन दिवसमा आयोजित फुटबल प्रतियोगिताकाे उपाधि

शुक्रबार, ८ मंसिर २०८०

सिन्धुली – नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी पुनर्गठन भएको दशौ बर्षको सन्दर्भमा फुटबल प्रतियोगिता आयाेजना गरेकाे छ ।नेपाल कम्युनिस्ट पार्टी पश्चिम सिन्धुलीले जिल्लाको मरिन गाउँपालिका वडा न ५ को बढिमुहानमा प्रतियोगिताको आयोजना गरेको हो।

शुक्रबार सम्पन्न कार्यक्रममा स्थानीय ८ ओटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम बिजेता संकल्प पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु १० हजार, द्वितीय बिजेता जनशक्ति स्पोर्ट्स क्लबलाई प्रमाणपत्र सहित रु ५ हजार र तृतीय बिजेता टोलि पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु २ हजार ५ सय पुरस्कार प्रदान गरिएको नेकपा केन्द्रिय सदस्य तथा पश्चिम सिन्धुली इन्चार्ज शशीसी ले जानकारी दिएका छन्।

करिब १० बर्ष अघि मोहन बैध` किरण ´सङ्ग बस्तुगत परिस्थितिको विश्लेषण र नेपाली क्रान्तिको समग्र कार्यदिशाबारे फरक बिचारसहित महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको थियो।किरण नेतृत्वको (माओवादी) पार्टीले जनयुद्धको जगमा जनबिद्रोहको लाईन भनिरहेको बेला एकीकृत क्रान्तिको कार्यदिशाबाट अगाडि बढ्ने निष्कर्ष सहित नेकपा पुनर्गठन भएको थियो।

पुनर्गठनको सन्दर्भमा आयोजित फुटबल प्रतियोगिता कार्यक्रममा उत्कृष्ट खेलाडी – विशाल तामाङ ,उत्कृष्ट किप्पर – रामेस्वर माझी ,उत्कृष्ट डिफेन्दर समिर तामाङ र सर्वाधिक गोलकर्ता सुजन माझीलाई समेत प्रमाणपत्र र १ हजार ५ रुपैया पुरस्कार बितरण गरिएको थियो।कार्यक्रम समापन भएपछि आज बेलुका दिप प्रज्वलन समेत गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पश्चिम जनकपुर ब्युरो जुझारु सी ले बिजेता टोलीलाई प्रमाणपत्र सहित पुरस्कार बितरण गरेका थिए। समापन कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य शशी सी, पश्चिम जिल्ला सेक्रेटरी जनक सी अतिथिको रुपमा सहभागी रहेका थिए भने मरिन गाउँपालिका इन्चार्ज राजनको अध्यक्षतामा भएको पुरस्कार बितरण तथा समापन कार्यक्रमको जिल्ला समिति सदस्य रामु सी ले सञ्चालन गरिएको थिए।