फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःको अनुरोध
काठमाडौं— ललितपुर महानगरपालिकाको बिहान–साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्।
सोमबार फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह गर्दै सो निर्णय पुनर्विचार गर्न ईस् ले अनुरोध गरेका हुन्।
ुसहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल ९ललितपुर० को प्रयासलाई सबैले प्रशंसा गरेको छ,ु उनले लेखेका छन्, ुसहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।ु
उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनले मंगलबार ३ बजेदेखि उभिने बताएका हुन्।
यस्तै, अभियान्ता ईःले ‘कर लेऊ, गरी खान देऊ,’ ‘विस्थापन होइन, व्यवस्थापन गर’ उनले लेखेका छन्।
यसअघि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित अभियन्ता ईः १९९ घण्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएका थिए।