मन्त्री किरांतीले दिएको सार्वजनिक अभिव्यक्ति दुर्भाग्यपुर्ण छ: विश्व हिन्दु परिषद नेपाल

बिहिबार, ५ पौस २०८०

काठमाडौँ – विश्व हिन्दु परिषद नेपालले सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको अभिव्यक्ति दुर्भाग्यपूर्णू भएको बताएको छ। बुधबार मन्त्री किरातीले बहुसंख्यक सनातनीहरुको माझमा दिएको अभिव्यक्ति आफैमा दुर्भाग्यपूर्ण भएको बताएको हो।

विश्व हिन्दु परिषद नेपालले बिहिबार एक सार्वजनिक विगेप्ती जारि गर्दै नेपाल सरकारको जिम्मेवार पदमा रहेका बहालवाला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बहुसँख्यक सनातनीहरुको आस्था एवं मनोभावना माथि चोट पुग्नेगरी दिएको गैरजिम्मेवार एवं अशोभनिय दुर्भाग्यपूर्णू भएको उल्लेख गरेको छ ।

परिषदका महासचिव जितेन्द्र कुमार सिंहद्वारा जारि बिगेप्तिमा भनिएको छ, नेपालको मौलिक धर्म(सँस्कृति, संस्कार(सभ्यता र पहिचान बुझेको व्यक्ति संस्कृति मन्त्री हुनुपर्ने सामान्य मान्यता रहेको छ । बहुसंख्यक सनातनीहरुको बसोबास भएको देशको सँस्कृति मन्त्री नै सनातन धर्मको विरुद्धमा देखिनु नेपालीहरुका लागि आफैमा दुर्भाग्यपूर्ण विषय हो। हालै सँस्कृति मन्त्री सूदन किरातीले खिष्टियन धर्म नमान्ने सबै संविधानका विरोधी एवं राष्ट्रघाती हुनू भनी दिएको अभिव्यक्ति सनातनीहरु माथिको ठाडो प्रहार हो ।

मन्त्री किरातीले दिएको उक्त अभिव्यक्तिले उनी आयातित धर्मका संरक्षक हुन् भन्ने तथ्य प्रष्ट पारेको छ । सनातनीहरुको करवाट तलब खाएर सनातन धर्म र सनातनीहरु माथी प्रहार गर्दै विदेशी धर्मको संरक्षण गर्ने मन्त्री बहुसंख्यक नेपालीलाई आवश्यक नरहेको हाम्रो ठहर हो ।

बहुसंख्यक नेपालीको मनोभावनाको कदर गर्दै यथाशीघ्र माफि माग्दै मन्त्री पदबाट राजीनामा नदिए हामी कठोर कदम चाल्न बाध्य हुनेछौं । कथित राजनेताद्वारा पटक-पटक सनातन हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । त्यस्ता धर्म सँस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दल, समुहको राजनैतिक अस्तित्व समाप्त पार्न सनातनी हिन्दू धर्मावलम्बी एवं विश्व हिन्दू परिषद नेपाल लगयातका संगठनरू पछि पर्ने छैनन् ।

नेपालको मौलिक धर्म सँस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा बहुसंख्यक हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौं भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । हाम्रा बिच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न सम्पुर्णलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ । साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन् सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गर्दछ विगेप्तिमा भनिएको छ ।
यस्तो छ विश्व हिन्दु परिषदले जारि गरेको विगेप्तिको पूर्णपाठ