एनआईसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित
काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था छ्रैटौं साधारण सभा धरानको गोर्खा होटेलमा शुक्रबार सम्पन्न् भएको हो ।
उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५% का दरले रु.२६,०९,१६,००० ।– (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र) नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, उक्त सभाले प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गर्न आएका दिपक ढकाललाई निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित गरिएको छ । साथै, नव निर्वाचित सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहालसमेत गरेका छन् ।
बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत थिए । निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास लिएको बताइएको छ ।