सशस्त्र प्रहरीले पाएनन् समयमै पोसाक, पोशाक किन्न विनियोजन भएको बजेट नै फ्रिज

शुक्रबार, २९ चैत्र २०७५

चैत्र २९ , काठमाडौं– पोशाक किन्न विनियोजन भएको बजेट नै फ्रिज भएपछि सशस्त्र प्रहरी बल (एपिएफ) का प्रहरीले पोशाक नै नपाएको कुरा सार्वजनिक भएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को अनूसूची १५ मा सशस्त्र प्रहरी अधिकृत र जवानका लागि उपलब्ध गराउने पोशाकका सम्बन्धमा उल्लेख छ।

कार्यालयले वार्षिक, द्विवार्षिक तथा केही वर्षको फरकमा उपलब्ध गराउनुपर्ने पोशाक तोकिएको अवधिभित्र उपलब्ध नगराएको महालेखाले प्रतिवेदनले उल्लेख गरेको छ।

यो वर्ष पोशाक खरिदको लागि स्वीकृत भएको ५ करोड ८६ लाख १५ हजार खरिद कार्य नहुँदा फ्रिज भएको छ। कुल ३७ हजार १ सय १७ सशस्त्र प्रहरी कार्यरत रहेकोमा पोशाक मौज्दात दरबन्दीको तुलनामा न्यून रहेको महालेखाले जनाएको छ।

नियमावलीमा उल्लेख भएअनुसार पोशाक वितरण गर्नुपर्ने महालेखाले जनाएको छ ।