एसआई युकेबाट भिसा एप्लाई गर्दा विद्यार्थीले जोगाउँछन् १५ लाख

आइतबार, १५ पौस २०८०

काठमाडौं – नेपालबाट बेलायत अध्ययनका लागि एसआई युकेबाट भिसा एप्लाई गर्दा विद्यार्थीले १५ लाख रुपैयाँ जोगाउने गरेको तथ्य फेला परेको छ । मोटिभेट न्यूज डटकमले विगत १ बर्षदेखि गरेको अध्ययन अनुसार एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले १५ लाखसम्म जोगाउने गरेको तथ्य खुलेको हो । मोटिभेटले मिसनका रुपमा विभिन्न शैक्षिक कन्सल्टेन्सीमा विद्यार्थी पठाएर गोप्य रुपमा अनुसन्धान गरेको थियो । सो अनुसन्धानले एसआई युकेले सिधै विश्वविद्यालयमा भर्ना गरेर विद्यार्थीको १५ लाख जोगाइदिएको थियो । मोटिभेटले आमसञ्चारमा स्नातक उत्तीर्ण विद्यार्थीलाई अंग्रेजी भाषा परिक्षा (पीटिई) अध्ययनका लागि आफै पैसा तिरेर एउटा कन्सल्टेन्सीमा पठाएको थियो ।

अनुसन्धानका लागि पठाएका विद्यार्थीमध्ये सन्जु कार्की (नाम परिवर्तन)को रेभेन्सबोर्न विश्वविद्यालयमा भिसा लागेको थियो । धेरै शैक्षिक कन्सल्टेन्सीहरुले ठूलो रकम कमिसन आउने लोभमा विद्यार्थीलाई पाथवे कार्यक्रममार्फत भर्ना गरिदिएर विद्यार्थीको लाखौं रकम खर्च गराइदिने गरेका छन् । तर एसआई युकेले भने कुनै पनि विद्यार्थीलाई पाथवे कार्यक्रममार्फत भिसा एप्लाई गर्न सल्लाह नदिने गरेको पाइयो ।

विश्वविद्यालयमा अध्ययनका लागि आधार तयार पार्न बेलायतमै अध्ययन गर्ने कार्यक्रमलाई पाथवे कार्यक्रम भनिन्छ । पाथवे कार्यक्रममा सिधै विश्वविद्यालयमा एप्लाई गरेभन्दा १० हजार पाउण्डसम्म अतिरिक्त शुल्क लाग्ने गर्दछ । पाथवे कार्यक्रम पुरा गरेपछि मात्रै विद्यार्थीले विश्वविद्यालयमा भर्ना पाउँछन् । नेपाली कन्सल्टेन्सीका कारण थुप्रै विद्यार्थीले फोकटमा लाखौं रकम पाथवे कार्यक्रमका लागि लगानी गर्ने गरेका छन् ।

सन्जुले पीटिईमा ५५ अंक ल्याएकी थिइन् । उनको स्कोरमा सबैभन्दा कम ५४ थियो भने सबैभन्दा बढी ५६ थियो । स्नातकमा ६० प्रतिशत अंक ल्याएकी उनले पुतलीसडक बागबजारका २० भन्दा बढी कन्सल्टेन्सी धाएकी थिइन् । पीटिई अध्ययन गरेको कन्सल्टेन्सीले सिधै रिजेक्ट गरेर फेरी पीटिई गरेर न्युनतम ५६ स्कोर ल्याउन भनेको थियो भने अरु कुनै पनि कन्सल्टेन्सीले उनलाई सिधै विश्वविद्यालयमा भर्ना लिएका थिएनन् । सबै कन्सल्टेन्सीले पाथवे कार्यक्रममार्फत भर्ना गर्न सकिने बताएका थिए । सन्जुको समस्या के थियो भने उनी लण्डन सहरमै जान चाहन्थिन् । लण्डनमा सिधै कुनै पनि विश्वविद्यालयले भर्ना नलिने कन्सल्टेन्सीहरुको दावि थियो ।

अन्त्यमा स्टडी इन युके (एसआई युके) पुगेकी उनलाई विश्वविद्यालयले सिधै भर्ना लिएको थियो । एसआई युके पुगेकी उनको एक हप्तामा अफर लेटर आएको थियो । अफर लेटर आएर शैक्षिक कर्जा लिन उनलाई थप १० दिन लागेको थियो । कर्जा स्वीकृत भएको अर्को एक हप्तामा उनको कास लेटर आएको थियो । कास लेटर आएको पाचौं दिनमा उनको भिसा लागेको थियो ।

‘यदी म अरु कन्सल्टेन्सीमा गएको भएर पाथवे कार्यक्रमका लागि १५ लाख फोकटमा जाने रहेछ । मेरो बहिनी लण्डनमा भएकाले म उसकै सम्पर्कमा जान चाहान्थें । मेरो एकेडेमिक र पीटिई स्कोर हेरेपछि सबै कन्सल्टेन्सीले पाथवे कार्यक्रममार्फत मात्र लण्डन जानसकिने सल्लाह दिए । धेरै कन्सल्टेन्सी धाएपछि अन्तिममा एसआई युके पुंगे ।’, मोटिभेट न्यूजसँग उनले भनिन्, ‘एसआई युकेले भने सिधै एप्लाई गर्न सकिने बतायो । तर मलाई विश्वास त लागेको थिएन । कन्सल्टेन्सीले इमेलमा डकुमेन्ट पठाइदिन भनेको थियो, मैले पनि इमेलमा डकुमेन्ट पठाएर चेक गरें । त्यसको केही दिनमै कण्डिशनल अफर लेटर आयो ।’

उनले आफूलाई विश्वास नलागी नलागी इमेलमार्फत डकुमेन्ट पठाएको बताइन् । ‘धेरै कन्सल्टेन्सीले ओरिजिनल डकुमेन्ट लिएर आउन भनेका थिए । तर एसआई युकेले इमेल गर्न भन्यो । एसआई युकेले आधा मन त त्यतिबेलै जितिसकेको थियो ।’, उनले भनिन्, ‘ओरिजिनल डकुमेन्ट भए पो डर मान्नु, इमेलमा डकुमेन्ट पठाउँदा के फरक पर्छ त । भए हुन्छ नभएपनि के फरक पर्छ र भनेर पासपोर्ड, एकेडेमिक डकुमेन्ट र पीटिई स्कोर पठाएँ । एक हप्तामा त विश्वविद्यालयको सिधै अफर लेटर आयो । एसआई युकेले मेरो १५ लाख जोगाइदियो ।’ सन्जुले आवास र एपोर्ट पिकअपको सुविधा पनि एसआई युगेको सिस्टमबाट बुक गरिसकेको बताइन् ।

एसआई युकेले सकेसम्म पाथवे कार्यक्रमका लागि विद्यार्थीलाई रिफर नगर्ने बताएको छ । एसआई युकेका निर्देशक विनय अधिकारीले विद्यार्थीको पैसा जोगाउन आफूहरुले हर प्रयास गर्ने गरेको बताए । ‘युके अरुदेश भन्दा त्यतिकै महङ्गो छ । अझ पाथवे कार्यक्रममा हाल्दा फोकटमा विद्यार्थीको लाखौं खर्च हुन्छ । हामीसँग थुप्रै अप्सन हुने भएकाले विद्यार्थीले पाथवे कार्यक्रम रोज्नु पर्दैन ।’ मोटिभेट न्यूजसँगको भेटमा अधिकारीले भने, ‘पाथवे कार्यक्रम विद्यार्थीका लागि फोकट हो । यस्तो अन्याय गर्नु हुँदैन ।’

विश्वविद्यालयको मापदण्डमा नपरेका, स्कोर कम भएका विद्यार्थीका लागि मात्र आफूहरुले पाथवेको विकल्प दिने गरेको उनको भनाई छ । ‘हामी सकेसम्म डारेक्ट युनिभर्सिटीमा रिक्वयस्ट गछौं । युनिभर्सिटीले नमानेको खण्डमा मात्र पाथवेको अप्सन दिन्छौं ।’, उनले भने, ‘पाथवेमा काम गर्नै नहुने त होइन, तर धेरै कन्सल्टेन्सीले अर्को अप्सन हुँदा पनि विद्यार्थीलाई फाइनान्सियल लोड पर्नेगरी, कमिसनको लोभमा पाथवेमा हाल्ने गरेका छन् ।’

आफूहरुले कमिसन भन्दा पनि विद्यार्थीको सहजतामा ध्यान दिने भएकाले विद्यार्थी खुशी हुने गरेको उनको भनाई छ । ‘हामी विद्यार्थीको सेवालाई केन्द्रभागमा राखेर काम गछौं । हामीलाई पाथवे कार्यक्रममा विद्यार्थी हाल्न आवश्यक छैन ।’, उनले भने, ‘युकेका प्राय सबै विश्वविद्यालयसँग एग्रीमेन्ट छ, १५ वटा विश्वविद्यालयमा त हाम्रो उइथआउट आएल्सका कार्यक्रम छन् । आफ्नो प्रोडक्ड बेच्न सकिएको छैन । पैसाका लागि मात्र पाथवेको काम किन गर्नु ।’

नेपालमा अक्फोर्ड इन्टरनेशनल ग्रुप, स्टडि ग्रुप, नेभिटास ग्रुप लगायतले पाथवे कार्यक्रममार्फत विश्वविद्यालयका कोर्षहरु बेचिरहेका छन् । धेरै शैक्षिक कन्सल्टेन्सीहरुले यी ग्रुपमार्फत पाथवे कार्यक्रममा विद्यार्थीलाई भर्ना गर्न लगाएर १५ लाखभन्दा बढी भारमा पार्ने गरेका छन् । आफूसँग विश्वविद्यालयको सम्झौता नभएका कन्सल्टेन्सीले यस्ता ग्रुपमार्फत काम गर्ने गर्छन । बेलायतको शिक्षा आजसम्म पनि विश्वकै उत्कृष्ट मानिन्छ ।