प्रहरीको सर्वाधिक खोजीमा रहेका विवादास्पद तपस्वी रामबहादुर बम्जन पक्राउ

मंगलबार, २४ पौस २०८०

काठमाडौँ – आफूलाई तपस्वी भनेर चिनाउने विवादित धर्मगुरु रामबहादुर बम्जन पक्राउ परेका छन्।

बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज काठमाडौंबाट पक्राउ गरेको हो। नेपाल प्रहरीकी अतिरिक्त प्रहरी महानिरीक्षक तथा सीआईबी प्रमुख किरण बज्राचार्यले बम्जन पक्राउ परेको बताइन्।

एक जना अनुयायीको हत्या, व्यक्ति बेपत्ता तथा जबर्जस्ती करणी मुद्दामा प्रहरीको सर्वाधिक खोजीमा रहेका बम्जनलाई पक्रन प्रहरीले यसअघि पटक पटक प्रयास गरे पनि असफल भएको थियो। आफ्नै आश्रमकी नाबालिक अनुयायीलाई बलात्कार गरेको जाहेरी परेपछि उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए।