नेकपा प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ।
उक्त भेटवार्तामा देशको राजनीतिक अवस्था र त्यसको निकासको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा देशमा देखिएको खराब अवस्थालाई राम्रो अवस्थामा बदल्न सरकार र दुवै पार्टीले गम्भीर ढंगले सोच्नु पर्ने बिषयमा छलफल भएको नेकपा प्रवक्ता प्रकाण्डको सचिवालयले जनजाएको छ ।