गृहमन्त्रालले पायो राजनीतिक दलसम्बन्धी ऐन संसद्मा पेश गर्न अनुमति

बुधबार, ३ माघ २०८०

काठमाडौँ – सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त विधेयक गृहमन्त्रालयलाई संसदमा पेश गर्न स्वीकृत गरेको हो ।

बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । त्यस्तै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरिएको छ ।