तनाव हटाउने सजिलो तरिका

सोमबार, ८ माघ २०८०

काठमाडौं – सरकारी जागिरे होस्, निजी कार्यालयको जागिरे होस् वा व्यापारी, कलाकार वा अन्य पेसा व्यवसायमा आवद्ध किन नहोस् कहिलेकाँही समस्या आइपर्छन् । त्यही समस्याका कारण मानसिक तनाव उत्पन्न हुन्छ । कहिले काँकी कुनै कारण बिना पनि मुड अफ हुन्छ । न्यास्रो लाग्छ, झर्को लागेर आउँछ ।

यही कारण धेरैजना डिप्रेशनको सिकार भएको पनि पाइन्छ । यस्तो बेलामा के गर्ने ? धेरै तनाव भएपछि एक गीलास चिसो पाटी पिउने, एकान्तमा बस्ने, मिल्ने साथीसँग आफ्नो समस्या सुनाउँदा धेरै हल्का हुने चिकित्सकको भनाई हुने गरेको छ । तर समाजसेवी, लेखक तथा पर्याटन व्यवसायी कर्ण शाक्यले तनाव व्यवस्थापनको अर्को उपाए बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै शाक्यले तनाव भएको बेला मनपर्ने लुगाफाटा लगाएर ऐना हेरी आफुले आफैलाई माया गर्नुपर्ने बताएका छन् । यसरी आफूले आफैलाई माया गर्दा तन–मन दुबैमा मनोवैज्ञानिक प्रभाव पर्ने गरेको उनको अनुभव छ ।

यो सोच नार्सिसिस्टिक नभर यथार्थ भएको उनको भनाई छ । नारी मात्र नभई पुरूष पनि प्रिय देखिन खोज्ने स्वाभावका हुने यो प्रक्रिया सबैलाई लागु हुने बताएका छन् । ‘हामी जस्ता जेष्ठ नागरिक पनि हंसिलो रसिलो देख्यो भने बुढे़सकालिन आकाशको संध्याकालीन क्षितिज, ईण्द्रेणी बिना पनि सुनौलो बन्न पुग्छ ! सबैको जय होस !!!’, उनले लेखेका छन् ।