जनमत पार्टी सरकारबाट बाहिरियो
काठमाडौं – सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीबाट प्रदेश मन्त्रीका अनुसार जनता समाजवादी पार्टी (जसपा)का सरोज यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय भएको हो ।
पार्टीको संसदीय दलले सरकारबाट बाहिरिने निर्णय गरेको जनमतका प्रदेश सांसदले बताए ।
सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमका जसपाका उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको थियो । यादव जानु अघिदेखि नै कार्यक्रम स्थगित गर्न जनमतले गृह मन्त्रालयसमक्ष नै माग गरेको थियो ।