केआईईसीको मल्टिडेस्टिनेशन एजुकेशन फेयरमा हजारौं विद्यार्थीको सहभागिता

शनिबार, १३ माघ २०८०

काठमाडौं – केआईईसीको मल्टिडेस्टिनेशन एजुकेशन फेयरमा हजारौं विद्यार्थीले सअभागिता जनाएका छन् । शनिबार काठमाडौं पुतलीसडकस्थित केआईईसीको आफ्नै भवनमा अयोजित मल्टिडेस्टिनेशन एजुकेशन फेयरमा हजारौं विद्यार्थीले सहभागिता जनाएका हुन् ।

केआईईसीको १८ बर्ष पुगेको अवसरमा आयोजित फेयरमा अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतका विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थीलाई परामर्श दिदै विद्यार्थीका जिज्ञासा मेटाएका थिए । पहिलो पटक आफ्नै कार्यालयमा फेयर आयोजना गरेको केआईईसी विद्यार्थीलाई खुशी दिन सफल भएको विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले जनाएका छन् ।

विद्यार्थीले पनि केआईईसीको मल्टिडेस्टिनेशन फेयरमा सहाभागि हुन पाउँदा आफू भाग्मानी भएको बताए । केआईईसीको मल्टिडेस्टिनेशन फेयरमा विद्यार्थीको सहभागिता देखेर आफू उत्साहित भएको केआईईसीका सीईओ राजेन्द्र रिजालले बताए ।