पोखरामा एसआई युकेको “युके एजुकेशन फेयर” सुरू, विद्यार्थीको उत्साहजनक सहभागीता
पोखरा – पोखरामा एसआई युकेको “युके एजुकेशन फेयर” सुरू भएको छ । पोखराको चिप्लेढुङ्गास्थित युएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको एसआई युकेको कार्यालयमा युके एजुकेशन फेयर सुरू भएको हो ।
फेयरमा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको छ । फेयरमा उपस्थित विद्यार्थीलाई युकेबाट आएका विश्वविद्यालयका प्रतिनिधहरू परामर्श दिइरहेका छन् । फेयरमा बेलायतका ३५ विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।
फेयरमा विद्यार्थीलाई बेलायतको शिक्षा नीति, विश्वविद्यालयले दिने सुविधा, छात्रवृत्ति, त्यहाँको बसाई र रोजगारीका अबसरबारे विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिने छन् । फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने छन् भने छात्रवृत्ति पनि प्रदान गरिने छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स पढ्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफर समेत प्राप्त गर्ने छन् ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने बताइएको छ । साथै एसआई युकेले आफ्ना विद्यार्थीलाई बेलायतमा काम पनि खोजिदिने गरेको छ ।







