आधारहिन समाचारबाट भ्रमित नहुन एनआईसी एशिया बैंकको अपिल

मंगलबार, १ फाल्गुन २०८०

काठमाडौँ – एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारहरु प्रति  बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

मंगलबार केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित समाचारहरुप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित (calendar) अन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको (investigation) गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी प्रकाशित समाचारमा गम्भीर ध्यानाकर्षण बैंकद्वारा जारि विगेप्तिमा उल्लेख छ ।

विगेप्तिमा भनिएको छ,प्रसारित समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं ।’

यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उहाँको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षज्यूको, सञ्चालकज्यूहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा टिप्पणी हुनु अत्यन्त खेदजनक रहेकोले यस्ता समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं ।

साथै संस्थागत सुशासन, प्रचलित कानुन तथा नियमनकारी व्यवस्थाहरुको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको हकहितको सम्वद्र्धनको विषयलाई यस बैंकले सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको तथ्य समेत अवगत गराउँदै हालसम्म आम निक्षेपकर्ता, ऋणी, नियमनकारी निकायहरु, शेयरधनी, कर्मचारी एवम् आम जनमानसको यस बैंक प्रतिको अगाध भरोसाको फलस्वरुप नै यस बैंक देशकै सवैभन्दा सहज, सवल, गतिशिल, विश्वसनिय एवम् उत्तरदायी बैंक हुन सफल भएको तथा सवै सरोकारवालाहरुको यस बैंक प्रतिको अगाध भरोसा, आस्था, विश्वास एवम् सहकार्य प्रति यस बैंक सदैव कृतज्ञ रहेकोअवगत गराउँदछौं ।