फुटपाथ व्यवसायीपछि कवाडी व्यवसायीसमेत बालेनविरुद्ध प्रदर्शनमा

शुक्रबार, १८ फाल्गुन २०८०

काठमाडौँ – कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू शुक्रवार प्रदर्शनमा उत्रिएका हुन् ।​

महानगर भित्र दर्ता भएका व्यवसाय हटाउन वडा कार्यालयले पत्र पठाएपछि त्यसको विरोधमा कवाडी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानूनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए । ​