नेपाल प्रहरीको ‘प्रहरी कल्याणकोष’को रकम हिनामिना, स्वास्थ्य सेवाबाट बन्चित पूर्व प्रहरीहरू

बुधबार, २३ फाल्गुन २०८०

काठमाडौं – नेपाल प्रहरीको प्रहरी कल्याणकोषको रकम हिनामिना भएको पाइएको छ । नेपाल पूर्व प्रहरी संगठनका अनुसार प्रहरी कल्याणकोषको अर्बौ रकम यसका संरक्षणबाटै हिनामिना भएको पाइएको हो ।

संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरी कल्याणकोषमा भएको हिनामिना भएको बताएको छ । संगठनका अध्यक्ष बसन्त कुँवरले कोषको संरक्षकले आफू खुशी अर्बों रकम हिनामिना गरेको बताए ।

पत्रका्र सम्मेलनमा बोल्दै प्रहरी कल्याणकोषका अध्यक्ष कुँवरले रकम हिनामिना भएका कारण पूर्वप्रहरीहरु स्वास्थ्य सेवाबाट बन्चित भएको बताए । कुंवरले आफूले तीनवटा माग राखेर प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरलाई ज्ञापनपत्र बुझाउन लागेको जानकारी दिए ।

आफ्ना माग पुरा गरिदिन प्रधानमन्त्रीलाई समेत आग्रह गरेको कुँवरको भनाई छ ।