होलीमा प्रहरिले गर्यो अहिलेसम्मकै कडाई, उपत्यकामा परे यतिठूलो संख्यामा सवारी चालक कारबाही
काठमाडौँ – होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो ४ बजेसम्म धन्दै ४ सय सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।
कारवाही पर्नेमा दुई पाङ्ग्रे सवारी साधन बढी छन्।प्रहरीका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउनेलगायत कारबाहीमा परेका हुन् ।
काठमाडौँमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेललगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन् । यद्यपि बिहान पातलिएका सडकमा सवारी बढ्न थालेको प्रहरीले जनाएको हो ।
होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ ।
होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभाबी रङ नछ्याप्न प्रहरीको आग्रह छ । सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ । तराईमा भने पहाड र हिमाली क्षेत्रमा मनाइएको भोलिपल्ट मात्रै होली मनाउने चलन छ ।