दयाहाङ राई अभिनित फिल्म डिग्री माइलाले रिलिज भएको दुई दिनमै कमायो करोडका करोड
काठमाडौं – रामबाबु गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘डिग्री माइला’ले दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
पहिलो दिन शुक्रबार ९८ लाख र दोस्रो दिन शनिबार दुई करोड आठ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सी छ ।
टिजर र ट्रेलर दुवैले राम्रो प्रतिक्रिया पाएपछि सिनेमाले राम्रो हाइप बनाएको थियो । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।