नेकपा महासचिव विप्लव रसुवा जाने

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रसुवा जाने भएका छन् । वैशाख १५ गते रसुवामा हुने एक कार्यक्रममा सहभागी हुन विप्लव रसुवा जाने भएका हुन् ।

वैशाख १५ गते रसुवा जिल्लाको कालिकास्थानस्थित कालिका उच्च माविको सभाकक्षामा हुने ‘समाजवादी अर्थव्यवस्था, चिलिमे मोडेल र आर्थिक रूपान्तरणमा जनसहभागिता’, विषयक गोष्ठिमा भाग लिन विप्लव रसुवा जान लागेको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।

विप्लव सी प्रमुख रहने सो कार्यक्रममा नेकपा (एस) का राजेन्द्र लोहनी, नेकपाका सागर सी, नेकपा (माके) का इन्दु गौतमलगायतले मन्तब्य राख्ने कार्यक्रम रहेको छ । कार्यक्रम समाजवादी मोर्चा नेपाल, रसुवाको आयोजनामा हुन लागेको हो ।