बझाङमा एमालेको भारि अग्रता, कांग्रेसलाई यतिधेरै मतान्तरले पछि पार्दै अघिबढे भण्डारी

आइतबार, १६ बैशाख २०८१

काठमाडौँ – बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । कांग्रेस

छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ६१५ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३४२ मत पाएका छन् ।

तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् । उनले ११७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८१ मत पाएका छन् ।