भिसा आवेदन प्रक्रियाबारे जानकारी दिन अनलाइन सेमिनार गर्दै सिलिकन

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं – काठमाडौंको डिल्लीबजारमा रहेको सिलिकन एजुकेशन नेटवर्कले भिसा आवेदन प्रक्रियाबारे जानकारी दिन अनलाइन सेमिनार गर्ने भएको छ । सिलिकनले शनिबार (भोली) बिहान १० बजेदेखि दक्षिण कोरियामा विद्यार्थी भिसा आवेदन प्रक्रियाबारे जानकारी दिन अनलाइन सेमिनार आयोजना गर्ने भएको हो ।

सेमिनारमा कोरियाका १० विश्वविद्यालयको सहभागिता रहने सिलिकनले जनाएको छ । सेमिनारमा कोरियाको Kyungdong University, Seoul Christian University, Gangseo University, Joongbu University, Dongshin University, Dong-Eui university, Ajou University, Kangwon National University, Woosong University, Jeju International University लगायतका विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीसँग अनलाइनमार्फट परामर्श लिने सिलिकनका प्रबन्धनिर्देशक तथा सह-संस्थापक विवस शम्शेर कुँवरले बताए ।

उनका अनुसार अनलाइन सेमिनारमा ५ सयभन्दा धेरै विद्यार्थीको उपस्थिति हुनेछ । सेमिनारमा छुट्टा छुट्टै विश्वविद्यालयको छुट्टा छुट्टै समयमा काउन्सिलिङ हुने कुँवरको भनाई छ । सेमिनारमा सहभागीताका लागि सिलिकन एजुकेशन कन्सल्टेन्सीमा सम्पर्क गर्न सकिने बताइएको छ । अनलाइन मिटिङ प्लेटफर्म जुममार्फत हुन लागेको सेमिनारमा सहभागी विद्यार्थीका लागि विश्वविद्यालय अनुसार छुट्टा छुट्टै लगइन आइडी रहेको सिलकनले जनाएको छ ।

यस्तो छ विश्वविद्यालय र सेमिनारको समय