संसदमा मुठभेडको स्थिति सिर्जना भएपछि कांग्रेसले सरकारविरुद्ध यस्तो खतरनाक रणनीति बनाउदै
बैठकमा संसद्मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा सत्ता र प्रतिपक्ष दलहरूबीच मुठभेडको स्थिति उत्पन्न भएको थियो । त्यसबारे सत्ता र प्रतिपक्ष दलले एकार्कालाई आरोप लगाएका छन् ।
कांग्रेसले संसदीय दलको बैठकबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गरिने नेताहरूले बताएका छन् । आजै बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।
सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ ।