फार्म ट्रिप काण्ड : छानविन समिति गठन त्रुटिपूर्ण छ – पूर्वअध्यक्ष कटुवाल
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)का पूर्वअध्यक्ष युवराज कटुवालले फेकनले बनाएको छानविन समिति त्रुटिपूर्ण रहेको बताएका छन् । शनिबार अस्ट्रेलियाबाट मोटिभेट न्यूजसँग कुरा गर्दै कटुवालले विधान विपरित छानविन समिति बनाएर फेकनको बदनाम गर्न खोजिएको बताएका हुन् ।
फेकनलाई गरिमा बढाउन भूमिका खेल्ने उमेश कुस्वारका विरुद्धमा षड्यन्त्र गर्नका लागि छानविन समिति बनेको भन्दै त्यो मान्य नहुने बताए । ‘हामी अस्ट्रेलियाको शिक्षा मन्त्रालय, प्रदेश मन्त्रालय, विभिन्न शिक्षा पर्दायकहरुको निमन्त्रणामा अस्ट्रेलिया आएका हौं । यसले फेकनको गरिमा बढेको छ ।’, उनले भने, ‘यो उमेशका कारण सम्भव भएको हो । फेकनलाई उसैले जिवित राखेको छ । फेरि उसैमाथि हमला गरिएको छ । यो सैय हुँदैन ।’ उमेशलाई आगामी कार्यकालका लागि अध्यक्ष हुनबाट रोक्न षड्यन्त्र भइरहेको भन्दै यसमा अरु संघसंस्थाको पनि हात रहेको उनको भनाई छ ।
फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप
साथै, फेकनलाई बदनाम बनाएर आफ्नो राजनीतिक पकेटको संस्था बनाउन केहीले राजनीति गरेको समेत उनको आरोप छ । फेकनले अस्ट्रेलियामा जारी फार्म ट्रिपमा गैरफेकनियनलाई लिएर भगाएको आरोप लागेको छ । उक्त आरोपको निश्पक्ष छानविन गर्नका लागि फेकनमा पूर्वअध्यक्ष मानबहादुर राईको संयोजककत्वमा छानविन समिति बनेको थियो । मोटिभेटले ‘फेकनका अध्यक्षले संस्थाको दुरुपयोग गर्दै मानव तस्करी गरेको आरोप’ शीर्षकमा समाचार लेखेपछि शैक्षिक परामर्श बजार तरङ्गीत छ ।’
फार्म ट्रिप काण्ड : प्रक्रिया गलत भयो होला, यसको जिम्मेवारी म लिन्छु : निरौला