यसकारण लाग्यो काठमाडौंका विद्यालयका व्यावसायिक सटरहरुमा बालेनको ताला
काठमाडौं – काठमाडौं महानगरपालिका यतिखेर आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू धमाधम बन्द गर्न व्यस्त छ । विद्यालयले व्यावसायिक प्रयोजन निम्ति सटरहरू भाडामा लगाउन नपाइने भन्दै महानगरले बन्द गरेको हो ।
आइतबारदेखि सटर बन्दमा लागेको टोली बुधबार पनि विद्यालयमा खटिएका छन् । महानगरको तथ्यांकमा ३७ वटा विद्यालयले आफ्नो भवनसँगैका सटर भाडामा लगाएका छन् । मंलबारसम्म त्यसमध्ये २३५ भन्दा बढी सटरमा ताला लगाएको जानकारी महानगरले दिएको छ ।
आइतबारदेखि सटर बन्दमा लागेको टोली बुधबार पनि विद्यालयमा खटिएका छन् । महानगरको तथ्यांकमा ३७ वटा विद्यालयले आफ्नो भवनसँगैका सटर भाडामा लगाएका छन् । मंलबारसम्म त्यसमध्ये २३५ भन्दा बढी सटरमा ताला लगाएको जानकारी महानगरले दिएको छ । महानगरले आफ्ना क्षेत्रभित्रका सामुदायिक विद्यालयका प्रतिनिधिलाई बोलाएर एक महिनाअघि सटर भाडामा भए खाली गराउनेबारे छलफल गरेको थियो ।