विद्यार्थी चो*र्छ चावहिलको ‘स्टेप वान कन्सल्टेन्सी’
काठमाडौं – काठामाडौं चावहिलमा रहेको स्टेप वान एजुकेशन कन्सल्टेन्सीले विद्यार्थी चार्ने गरेको पाइएको छ । दक्षिण कोरियाको टोङ्मियोङ विश्वविद्यालयको प्रतिनिधिका रुपमा काम गरिरहेको स्टेप वानले अर्को कन्सल्टेन्सीबाट विश्वविद्यालयमा एप्लाई गरेका विद्यार्थी चार्ने गरेको पाइएको हो ।
कन्सल्टेन्सीका संचालक टेन्जिङ घलेले अर्को शैक्षिक कन्सल्टेन्सीबाट टोङ्मियोङ विश्वविद्यालयमा एप्लाई गरेका विद्यार्थीलाई बोलाएर आफ्नो कन्सल्टेन्सीबाट भिसा एप्लाई गर्न लगाउने गरेका छन् । काठमाडौं बागबजारमा रहेको एक कन्सल्टेन्सीबाट टोङ्मियोङ विश्वविद्यालयमा एप्लाई गरेकी दाङकी बविता थापा (नाम परिवर्तन)लाई बोलाएर सिधै एप्लाई गर्न भनेपछि यसको तथ्य खुलेको हो ।
उनले सेप्टेम्बर इन्टेकका लागि एप्लाई गरेकी थिइन् । ‘कमिसनका लागि यो कन्सल्टेन्सीले अर्को कन्सल्टेन्सीबाट एप्लाई गरेका विद्यार्थीलाई फकाएर आफ्नो कन्सल्टेन्सीमा बोलाउँछ । त्यसपछि त्यहीबाट एप्लाई गर्न लगाउँछन् ।’, एक पीडित कन्सल्टेन्सी संचालकले भने, ‘विद्यार्थी सिधै एप्लाई गर्न पाइन्छ भनेर फकाएपछि किन अरु कन्सल्टेन्सीमा आउँथेर..। यस्तो प्रवृतिले बजार बिगार्ने काम भयो ।’
आफ्नो विद्यार्थी चोरेपछि विश्वविद्यालयलाई इमेल गरेर एजेन्सी रद्द गर्ने तयारीमा रहेको उनको भनाई छ । ‘मेरो एउटा मात्र होइन धेरै विद्यार्थी चोरेको छ ।’, नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘अब यसको एजेन्सी रद्द गर्नका लागि पहल गर्दैछु ।’ घलेले चावहिलमा बसेर नक्कली डकुमेन्ट छाप्ने कामसमेत गरिरहेको श्रोतको दावि छ ।
यस विषयमा बुझ्न खोज्दा घले सम्पर्कमा आएनन् । उनको कार्यालयमा सम्पर्क गर्दा उनी बाहिर रहेको बुझियो । घलेको मोवाइलमा क्यासेज गर्दासमेत उनले कुनै पनि प्रतिक्रिया दिएनन् ।