नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले खादा-मालाको सट्टा मागे यस्तो महत्वपूर्ण कुरा

सोमबार, ३२ असार २०८१

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खादा-माला नलगाइदिन आग्रह गरेका छन् । सोमबार शपथ ग्रहण गरेर पदभार सम्हालेका उनले मन्त्रालयमा यस्तो आग्रह गरेका हुन् ।

“खादा-नलगाइदिनुस् मलाई । त्यसको साटो मलाई स्वास्थ्य क्षेत्र कसरी सुधार्ने भन्नेबारेको सुझाव दिनुस्,” उनले भने । उनले कर्मचारीहरूले ल्याइदिएको खादा- मालासमेत अस्वीकार गरेका छन् ।