एमाले लुम्बिनीमा भाँडभैलो 

बुधबार, ९ साउन २०८१

काठमाडौँ – नेकपा एमाले लुम्बीनीमा लुम्बिनीमा भाँडभैलो भएको छ। मुख्यमन्त्री नियुक्तिप्रति असतुष्ठी जनाउदै  लुम्बिनी संसदीय दलका नेता लिला गिरीले संददीय दलको नेताबाट राजीनामा दिएपछि एमाले लुम्बिनीमा भाँडभैलो भएको हो ।

गिरीले मंगलबार नै राजीनामा दिने तयारी गरेपनि मुख्यमन्त्रीले सपथ लिएपछि घोषणा गर्ने भनी रोकिएका थिए । मुख्यमन्त्रीको सपथसंगै  राजिनामा दिएका हुन्।

गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको बताए । उनले भने, “आफूले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाइसकेकोछ । ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन’, उनले भने ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नभएकाले राजीनामा दिएको उनी निकट एक प्रदेश सांसदले बताए । ‘उहाँ त धेरै सहनशील नेता हो, तर यसपटक छापारमार शैलीमा घात नै भएपछि सहन सक्ने कुरा भएन, धेरै नेता कार्यकर्ताको पनि दबाब आएपछि राजीनामा दिनुभएको हो’, ती सांसदले भने ।

महासचिव शंकर पोखरेलको जोडबलमा उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि गिरी रुष्ट छन् ।