जहाज दुर्घटनाबाट बालबाल बाँचेका पाइलट शाक्यको ब्रेनमा देखियो यस्तो समस्या

बिहिबार, १० साउन २०८१

काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमाग(ब्रेन) मा दाग देखिएको छ ।

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत पाइलट शाक्यको ब्रेनमा दाग देखिएको अस्पतालका न्युरो सर्जन डा. अमित थापाले जानकारी दिए ।

थापाका अनुसार अब एमआरआई गरेपछि उक्त दागबारे विस्तृत पत्ता लाग्ने छ । टाउकोको एमआरआई गर्ने तयारी रहेको उनले बताए । ‘ब्रेनमा सानो दागजस्तो देखिएको छ । त्यो कस्तो र के हो भन्ने यकिन छैन, उनले भने, ‘अब एमआरआई गरेपछि थाहा होला । एमआरआई गर्ने तयारी छ ।’

यस्तै, शाक्यको ‘रिब्स र स्पाइन फ्र्याक्चर भएको अस्पतालकै डा. नवीन मिश्रले बताए । फ्र्याक्चर भए पनि यताउति नभएकोले त्यसमा धेरै खतरा नरहेको उनको भनाइ छ ।