साउन १३ गते आइतबार शोक विदा

शुक्रबार, ११ साउन २०८१

काठमाडौं – काठमाडौं मेयर्स फोरमले साउन १३ गते उपत्यका सबै पालिकामा शोक विदा दिने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि फोरमले आइतबार सार्वजनिक विदा दिएको हो ।

नकर्मीको बिहीबार राती निधन भएको थियो । शुक्रबार बसेको फोरमको बैठकले उपत्यकाका सम्पूर्ण पालिकामा शोक विदा दिने निर्णय भएको मध्यपुर नगरपालिका भक्तपुरले जनाएको छ ।

आइतबार उपत्यकाका सबै पार्टीमा रहेको सरकारी कार्यालय, शैक्षिक संस्थाहरु बन्द हुनेछन् ।