आरजु राणाको ठाउँ कुसुमदेवीले ओगटिन

मंगलबार, १५ साउन २०८१

काठमाडौं – नेपाली कांग्रेसबाट समितिको सभापति रहेकी डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि सो समितिको सभापतिमा कुसुमदेवी थापाले ओगटेकी  छिन्। प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कुसुमदेवीको प्रतिद्वन्दी कोहि नभएपछि सो समिति थापाले ओगटेकी हुन् ।

थापा निर्विरोध निर्वाचित भएकी छन् । उनि राणाले नेतृत्व गरेको सो पदमा थापा निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा वीरबहादुर वलायर र समर्थकमा सूर्यप्रसाद ढकाल रहेका थिए । निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले किसानहरुको हितमा नीति बनाउने, उनीहरुलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउनेलगायतका विषयमा काम गर्ने बताईन् ।