युएएनको बेलायत अध्ययन सम्बन्धी ‘युके युनी फेस्ट’ सम्पन्न, १ सय ५० विद्यार्थीको सहभागीता

बुधबार, १६ साउन २०८१

काठमाडौं – युनिभर्सिटी एड्मिशन नेटवर्क (युएएन) को बेलायत अध्ययन सम्बन्धी ‘युके युनिभर्सिटी फेस्ट’ सम्पन्न भएको छ । युएएनको केन्द्रीय कार्यालय पुतलीसडकमा आज विहान विहान १० बजेदेखि सुरु भएको फेस्ट बेलुका ५ बजे सम्पन्न भएको हो ।

फेस्टमा युकेका २० भन्दा बढी विश्वविद्यालयहरुको सहभागिता रहेको थियो । एक्स्पोमा सहभागी विद्यार्थीले आक्रषक उपहारसहित विभिन्न सुविधाहरु पाएका थिए । फेस्टमा विश्वविद्यालयका प्रतिनिधिले छात्रवृत्ति, विश्वविद्यालयले दिने सेवा र सुविधाका बारेमा जानकारी दिएका थिए ।

फेस्टमा सहभागी विद्यार्थीले युके अध्ययन सम्बन्धी राम्रो जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । एक्स्पोमा सहभागी विद्यार्थीले १० हजार पाउण्डसम्मको छात्रवृत्ति पाएको युएएनले जनाएको छ । युएएनबाट बेलायत अध्ययनका लागि एप्ललाई गर्दा कुनै पनि शुल्क नलाग्ने बताइएको छ । एक्स्पोतमा १ सय ५० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।

फेस्टमा ६ सयभन्दा धेरैले अनलाइन अप्लिकेशन गरेको र १ सय ५० जनाले भिजिट गरेको युएएनका कन्ट्रिम्यानेजर एसकर हुसेनले बताए । ‘हामी युके अध्ययन गर्न चाहने विद्यार्थीका लागि सेवा प्रदान गरिरहेका छौं ।’, उनले भने, ‘यो फेयरमा विद्यार्थीको सहभागीता राम्रो रहयो ।’

उनले आगामी शुक्रबार एड्मिसन डेको आयोजना गरेको बताए । ‘हामीले आगामी शुक्रबार एड्मिसन डेको आयोजना गरेका छौं । त्यसमा पनि विद्यार्थीको उत्साहजनक सहभागीताको अपेक्षा गरेका छौं ।’, उनले भने, ‘त्यो दिनमा विद्यार्थीले २४ घण्टामै अफर लेटर पाउनेछन् । विद्यार्थीले थुप्रै छात्रबृत्तिसहितको अवसर पनि प्राप्त गर्ने छन् ।’