बारम्बार बिहे किन नगरेको भन्दै हैरान पारेपछि ४५ वर्षीय पुरुषले गरे छिमेकीको हत्या
काठमाडौं – समाजमा आम युवारयुवतीलाई सोधिने केही समान प्रश्न छन्, जसको जवाफ दिँदादिँदै उनीहरू थाकिसकेका हुन्छन् ।
जस्तै, तपाईं कति कमाउनुहुन्छ ? तपाईं कति वर्षको हुनुभयो ? तपाई कहिले बिहे गर्दै हुनुहुन्छ ? तर, बारम्बार सोधिने यस्तै प्रश्न हत्याको कारण बनेको छ ।
प्रेस जर्नलको रिपोर्टका अनुसार इन्डोनेसियाको सुमात्राका एक ४५ वर्षीय व्यक्ति आफ्नो छिमेकीको प्रश्नले हैरान थिए । उनका छिमेकी सेवानिवृत्त निजामती कर्मचारी थिए ।
उनी बारम्बार ती पुरुषलाई आफ्नो विवाहको बारेमा प्रश्न सोध्ने गर्थे । बिहे कहिले गर्दै हुनुहुन्छ रु ४५ वर्षको उमेरमा पनि किन अविवाहित रु यी प्रश्नले पिरले ती व्यक्तिले छिमेकीको हत्या गरेको समाचारमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना जुलाई २९ मा भएको हो। वृद्धाकी श्रीमतीले यसबारे प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो । आक्रमणकारीले घरको ढोका तोडेर आफ्नो श्रीमानको हत्या गरेको उनले बताएकी छन् । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले वृद्धको प्रश्नले आफूलाई समस्या भएको प्रहरीलाई बयान दिएका छन् । यी प्रश्नबाट हैरान भएर उनले यो कदम चालेको बताएका छन् ।