पछिल्लो समय रिलिज भएका सबै गितहरु मध्य विनय अधिकारीको ‘युके बस्ने माया’ सर्वाधिक रोजाईमा

बिहिबार, २४ साउन २०८१

काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको दोश्रो गीत ‘युके बस्ने माया’ ले पछिल्लो समय रिलिज भएका सबै  गीतहरुलाई पछिपार्दै करोड क्लवको बाटो तय गरेको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालीका तीजलाई लक्षित गरि देशका चर्चित कलाकारहरुको तिजको गित तथा अन्य सदावाहर गीतहरु दैनिक सयौंको संख्यामा बजार आइरहेका बेला ति सबै गीतहरुलाई पछि पार्दै करोड क्लवको बाटो तय गरेको हो।

रिजिज भएको हप्तादिनमै १ मिलियन दर्शकहरुको माया पाएको गित युके बस्ने मायाको केहि समय भिउजको रफ्तार केही घटेको थियो। तीजका गितहरु सार्वजनिक हुनेक्रम बढिरहदा उक्त गितमा दर्शको नजर कम पर्छकी भन्ने आकलन गरिएको थियो तर त्यो आसंकालाई चिर्दै गीतले दैनिक ३ लाखका दरले अरु गीतहरुलाई पछि पार्दै ३ मिलियन भन्दा बढी दर्शकहरुको माया पायो। गीतले यही अनुसार दर्शकहरुको मायामा कमि भएन भने केही दिनमै करोड क्लवमा प्रवेश गर्ने निर्माण पक्षको दाबी छ।

तिज नजिकिदै गर्दा तीजलाई लक्षित गीतले टिकटक, फेसबुक रिलमा  स्थान पाउनुपर्ने हो तरअधिकारीको युके बस्ने मायामा नै दैनिक लाखौँ दर्शकहरु झुमेका छन्।  रिल र टिकटकमा हित भएपछि धेरै दर्शक युट्युवमा पुरा गीत हेर्न आएपछि गीत अबको केही दिनमै करोड क्लवमा प्रवेश गर्ने आकलन गरिएको हो ।

उनको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’माफर्त सार्वजनिक भएको गीत बिहिबार  बेलुका ६ बजेसम्म झन्डै ३३ लाखले हेरिसकेका छन् ।  ४ हजार सस्क्राइभ भएको उनको च्यानलमा गीत अपलोडभएपछि २१ हजार ५ सय पुगेको छ ।

अधिकारीले युके बस्ने प्रेमी र नेपालको बन्दीपुरमा बस्ने प्रेमिकाको विषयलाई लिएर गीत बनाएका थिए । गीतमा अधिकारीको शब्द र बद्री सापकोटाको संगित रहेको छ । गीतमा सान्ति श्री परियार र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र जुनु गुरुङले अभिनय गरेका छन् । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् । अधिकारीको यो दोश्रो गीत हो । यसअघि ‘दुनियाँ लठ्ठै छ’ बोलको गीत बजारमा ल्याएका थिए । उक्त गीत झण्डै ६ लाख दर्शकले हेरेका छन् । पहिलो गीतमा अधिकारीको दमदार अभिनय रहेको थियो । उनको अभिनयलाई धेरैले रुचाएपछि अधिकारीले दोश्रो गीत आफ्नै शब्दमा तयार पारी बजारमा ल्याएका हुन् ।

यो गीतमा उनको लाहुरे अवतार हेर्न लायक छ । गीतमा युके बस्ने पे्रमी र नेपालको बन्दीपुरमा बस्ने प्रेमिकाको कथालाई समावेश गरेर गीत तयार पारिएको हो । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् ।

उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

अधिकारी सांगितिक क्षेत्रमा मात्र होइन चलचित्र पनि बनाउने तयारीमा छन् । अधिकारी बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउन लागेका छन् । बालगायक दर्जीको संगीत करिअरमा टंक बुढाथोकीले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तुमा फिल्म बन्ने छ ।