बद्री सापकोटाको मनै रुहाउने मौलिक तिज गित “ए मेरो राजै” सार्वजनिक, यो वर्षकै उत्कृष्ट बन्ने चर्चा

शुक्रबार, २५ साउन २०८१

काठमाडौं -हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपाली साङ्गितिक बजारमा दैनिक जसो सयौंको सङ्ख्यामा तिजका भाकाहरु आउने क्रम जारी छ।

बजारमा सार्वजनिक भएका केही गितहरु जसले नेपाली सस्कृतिमाथी नै धावा बोलेका छन् र समाजलाई नै धुमिल पारेका छ्न।  तिजका नाममा बजारमा आएका गितहरु आफ्नो परिवारसङ्ग बसेर हेर्न सुन्न पनि लाजमर्दो छ्न, भने केही यस्ता मौलिक तिजका भाकाहरु पनि बजारमा आएका छन।जसले आम नेपाली चेलीहरुको वेदना समेट्दै तिज पर्व साच्चिकै चेलीहरुको बेदना,खुशी ब्यक्त गर्ने पर्व हो भन्ने नजिर आजपनी स्थापित गरेका छन् ।

‘हो त्यही मध्यको एउटा मौलिकता बोकेको अत्यन्तै कारुणिक तिज कोसेली “ए मेरो राजै” भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ जुन गित सार्वजनिक गरिएको केही घन्टामै दर्शक श्रोताहरुको सर्वाधिक रोजाई बनेको छ। पछिल्लो समयका एक उदयमान सुमधुर आवाजका धनी गायक, सर्जक बद्री सापकोटाको लय शब्द र आवाजमा सुसज्जित तिज कोसेली “ए मेरो राजै” मा समेटिएका सब्दलहरी अनि उनै सापकोटा र अर्कि सर्वाधिक रुचाइएकी चर्चित गायिका सुनिता बुढाको कर्णपृय आवाजले गर्दा आम दर्शक श्रोताहरुको सर्वाधिक रोजाईमा परेको हो।

नेपालका चर्चित मोडल बिमल अधिकारी र अर्की चर्चित नायीका अञ्जली अधिकारी र आस्था न्यौपाने को ससक्त अभिनय रहेको गितको रेकर्ड पुतलीसडकस्थित चर्चित स्टुडियो मालाश्रीमा भएको हो., भने सङ्गीत संयोजन वरिष्ठ यारेन्जर बिनोद बाजुरालीले गरेका हुन। खडक बाजुरालीको मिक्सिंङ्ग रहेको गित “ए मेरो राजै” लाई गोभिन्द बाजुरालीले रेकर्ड गरेका हुन् । गितमा नेपालका अत्यन्तै लोकपृय दर्जन भन्दाबढी कलाकारहरु अनुवन्धित छन् ।

चर्चित म्युजिक भिडियो निर्देशक मौसम हिमालीको निर्देशनमा तयार भएको गित बुद्ध थापाले छायांकन गरेका हुन भने भिडियो सम्पादन विकाश ज्ञावलीले गरेका छन् । भावना म्युजिक सोलुसनबाट सार्वजनिक गरिएको गितमा मौलिक सब्द सङ्गीत, आवाज र अभिनयको उत्कृष्ट फ्युजन गरिएकाले गितले यो सालका अन्य तिज गितको तुलनामा नयाँ रेकर्ड कायम गर्नेमा गितसङ्ग अनुबन्धित सबै कलाकारहरु बिस्वस्त रहेको गायक सापकोटाको भनाई छ।’

गोरखामा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउदै आएका सापकोटा पछिल्लो समयका सफल गायक मानिन्छन् उनका लोक गित बस बस पियारी, ए गौरी, युके बस्ने माया लगाएत आधा दर्जन बढी गितहरु सर्वाधिक चर्चामा छन्, भने आधा दर्जनभन्दा बढी गितहरु रिलिजको तयारीमा छन् । बहुमुखी प्रतिभाका धनी सापकोटा एक कुशल कानुन व्यवसायीसमेत हुन्।

केहीदिन अघिमात्र उनै सापकोटाको सब्द सङ्गीत आवाजमा भावना म्युजिक सोलुसनबाट सार्वजनिक गरिएको तिज विशेष गित “पिर लिन्न मत” टिकटक युट्युव फेसबुक लगाएतका सामाजिक सन्जालमा भाइरल छ । गित सार्वजनिक गरिएको केही घन्टामै दर्शक श्रोताहरुले मौलिकताको खडेरी परेका बेला अत्यन्तै मिठो टिपिकल सब्द, संगीत र चेलीको बेदना समेटीएकाले साच्चिकै तिजआएजस्तो अनुभूति भएको र यो वर्षकै उत्कृस्ट गित बन्ने सयौंको  प्रतिक्रिया छ ।

भिडियो सहित