शेख हसिनालाई देशै छोड्न बाध्य पार्ने २ विद्यार्थी नेता बने बंगलादेशका मन्त्री
काठमाडौँ – बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।
उनीहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।
को हुन् २ विद्यार्थी नेता नाहिद इस्लाम र आसिफ महमूद
नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उनी बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक थिए। विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुन्।
नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उनी ढाका विश्वविद्यालयबाट २०१- १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन्। उनी मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन्। नाहिद विवाहित र एक कान्छो भाइ छन्।
बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हुन । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७९१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल भए। आसिफ महमूद जम्मा २६ वर्षका छन् ।
आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढेका थिए । र, २०१५ मा एसएससी पास गरेका थिए। उनले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गरेका थिए । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट थिए। उनी ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि थिए।