माछापुछ्रे बैंक लिमिटेड र इक्यान झापाबीच सम्झौता

शुक्रबार, २५ साउन २०८१

काठमाडौँ – माछापुछ्रे बैंक लिमिटेड र सैक्षिक परामर्श संघ (ईक्यान) झापाबिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । सुक्रबार (इक्यान) झापाका अध्यक्ष श्री रोशन सुबेदी र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले उक्त सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् ।

सम्झौता पश्चात इक्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै ईक्यान झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift payment मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुछ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।