केटिएम कन्सल्टिङ ग्रुपलाई प्रश्न, ‘साढे २६ हजारको पिटिई साढे २१ हजारमा कसरी ? 

आइतबार, २७ साउन २०८१

काठमाडौं – अंग्रेजी भाषा परीक्षा ‘पियर्सन्स् पिटिई’ ले एक पटकको पिटिई परीक्षा शुल्क २ सय अमेरिकी डलर तोकेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ १ डलर बराबर १३४ रुपैयाँ ६४ पैसा तोकेको छ । यसरी हेर्दा आजका लागि पिटिईको परीक्षा शुल्क २६ हजार ९ सय २८ रुपैयाँ हुन्छ । यसमा १३ प्रतिशत भ्याट लगाउँदा पिटिईको वास्तविक मुल्य ३० हजार ४ सय २८ रुपैयाँ ६४ पैसा मुल्य हुनु पर्ने हो ।

तर काठमाडौंको केटिएम कन्सल्टिङ ग्रुपले २१ हजार ५ सय रुपैयाँमा पिटिईको डेट बुक गरिदिने भन्दै समाजिक संजालमा विज्ञापन गरिरहेको छ । यसरी विज्ञापन गर्दा विद्यार्थी ठगीनेमात्र होइन विद्यार्थीको भविश्वसमेत अन्धकार हुन सक्ने खतर रहेको छ । १ बर्ष अगाडि यसैगरी सस्तोमा परीक्षा दिएका विद्यार्थीको चार्ज ब्याक हुँदा परीक्षा नतिजा पिटिईको बेवसाइटबाट गायव भएको थियो । कतै यो पनि त्यस्तै स्क्याम त होइन भन्ने शंका उत्पन्न भएको छ । अस्ट्रेलियामा केन्द्रीय कार्यालय भएको केटिएम कन्सल्टिङ ग्रुपले कसैको डलर क्रेडिट कार्ड ह्याक गरेर वा ह्याकरहरुको सम्पर्कमा रहेर यो अफर ल्याएको हुनसक्छ ।

पिटिईले भने सस्तोमा डेट बुक गराउने विभिन्न कारणहरु हुनसक्ने जनाएको छ । ‘डेट बुक गराउने विभिन्न कारणहरु हुन सक्छन् । त्यसमध्ये एउटा धेरै विद्यार्थीहरुको बुक गर्दा पिटिईले केही प्रतिशत क्यास ब्याक दिन्छ ।’, पिटिईका रिजनल विजनेश डेभ्लप्मेन्ट म्यानेजर सुमन श्रेष्ठले भने, ‘केहीले स्क्याम गरेको पनि हुन सक्छ । विद्यार्थीले बुझेर डेट बुक गर्नुपर्छ ।’

यता केटिएम कन्सल्टिङ ग्रुपले विद्यार्थीको सुविधाका लागि आफूहरुले अफर दिएको जनाएको छ । केटिएम कन्सल्टिङ ग्रुपका संचालक सुन्रेन्द्र नेपालले एप्लाई बोर्डबाट अघिल्लो बर्ष किनेको पिडिईको कोटा केही बाँकी रहेकाले विद्यार्थीको सुविधाका लागि सस्तोमा उपलब्ध गराएको बताए । ‘हामीले एक बर्षअघि ठूलो मात्रामा किनेका थियौं ।’, उनले भने, ‘त्यो केही बाँकी भएकाले अहिले सस्तोमा उपलब्ध गराएका हौं । यो अहिले सकिएको छ ।’

सस्तोमा ‘पिटिईको डेट’ बुक गरिदिने भन्दै काठमाडौंमा ठगहरूको बिगबिगी