विनय अधिकारीको तेश्रो कोसेली ‘इन्द्र महाराज’ सार्वजनिक (भिडियोसहित)

बुधबार, ३० साउन २०८१

काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको तेश्रो गीत “इन्द्र महाराज” सार्वजनिक भएको छ । अधिकारीको युट्युव च्यानल ‘विनय अधिकारी’बाट गीत इन्द्र महाराज सार्वननिक भएको हो ।

गीतमा अधिकारीको शब्द र बद्री सापकोटाको संगित रहेको छ । गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायिका शिल्पा पोखरेलको ससक्त अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

अधिकारीको यो तेश्रो गीत हो । यसअघि अधिकारीले ‘दुनियाँ लठ्ठै छ’, ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समयकै सर्वाधिक चर्चामा रह्यो। बजारमा रिलिज भएका सबै गीतहरुलाई पछि पार्दै उक्त गीतले करोड क्लवको बाटोसमेत तय गरेको छ । अधिकारीको यो गीतले पनि छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ ।

अधिकारीले नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले सांगितिक क्षेत्रमा लगानी गरिरहेका छन् । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

अधिकारी सांगितिक क्षेत्रमा मात्र होइन चलचित्र पनि बनाउने तयारीमा छन् । अधिकारी बालगायक अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बनाउन लागेका छन् । बालगायक दर्जीको संगीत करिअरमा टंक बुढाथोकीले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तुमा फिल्म बन्ने छ ।