सुदूरपश्चिममा बढे औलो रोगका बिरामी
काठमाडौं – नोफिलिज जातको पोथी संक्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका बिरामी बढ्न थालेका छन् । अधिकांश भारतमा मजदुरी गरेर फर्किएकाहरुमा औलो संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०/८१ को साउनदेखि असार मसान्तसम्म २ सय ४७ जनामा औलाका बिरामी फेला परेका छन् । त्यसमध्ये २९ जना स्थानीयमा मात्रै संक्रमण भेटिएको हो । बाँकी सबै भारतबाट मजदुर गरेर फर्किएकाहरुमा औलो संक्रमण भेटिएको उनले बताए ।