५ दिनमा १० लाखले हेरे विनय अधिकारीको ‘इन्द्र महाराज’
काठमाडौं – व्यवसायी तथा एनआरएनए अभियान्ता विनय अधिकारीको तेश्रो गीत “इन्द्र महाराज” सुपरहिट भएको छ । गीत सार्वजनिक भएको ५ दिनमाा १० लाखभन्दा धेरै दर्शकले हेरेपछि यो गीत सुपरहिट भएको हो । यो गीतमा टिकटक, फेसबुक रिल, इन्ट्राग्राममा लाखौंले भिडियो बनाएका छन् भने करोडौंले हेरेका छन् ।
अधिकारीको आफ्नौ युट्युव च्यानल ‘विनय अधिकारी’माफर्त सार्वजनिक भएको गीत मंगलबार विहानसम्म १० लाख २५ हजार बढीले हेरेका छन् भने ५ हजार ८ सयले लाइक गरेका छन् । साथै ८४ जनाले प्रतिक्रिया दिएका छन् ।
गीतमा अधिकारीको शब्द र बद्री सापकोटाको संगित रहेको छ । गीतमा लोकप्रिय गायीका मेलिना राई र बद्री सापकोटाको स्वर रहेको छ भने भिडियोमा विनय अधिकारी र चर्चित नायिका शिल्पा पोखरेलको ससक्त अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।
अधिकारीको यो तेश्रो गीत हो । यसअघि अधिकारीले ‘दुनियाँ लठ्ठै छ’, ‘युके बस्ने मायाँ’ बोलको गीत बजारमा ल्याएका थिए । ‘दुनियाँ लठ्ठै छ’ गीत झण्डै ७ लाख भन्दाबढी दर्शकले हेरेका छन् भने ‘युके बस्ने मायाँ’ पछिल्लो समयकै सर्वाधिक चर्चामा रह्यो।