केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले गरेको प्रस्तावले कांग्रेसभित्र खैलाबैला
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले गरेको प्रस्तावले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ। महामन्त्री शर्माले राष्ट्रपतिको लागि एक कार्यकाल, प्रधानमन्त्रीको लागि दुई कार्यकाल, मन्त्रीको लागि तीन कार्यकाल र सांसदको लागि चार कार्यकालको एक्जिट पोलिसीको प्रस्ताव गरेपछि खैलाबैला मच्चिएको हो।
परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणाले महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावको प्रतिवाद गरेकी छिन् । शर्माले कुरा उठाएका थिए ।
तर, जारी केन्द्रीय कार्यसमितिको बैकठमा नेतृ राणाले शर्माको प्रस्तावको विरोध गरिन् । उनले जनताबाट जित्ने कुरामा एक्जिट पोलिसी लागु गर्न नहुने भन्दै जनताबाट अनुमोदन भए जतिपटक भएपनि हुने धारणा राखेकी छिन् ।
यस्तै, उनले अहिले पार्टीभित्र अनुशासन नदेखिएको भन्दै तत्काल अनुशासन कायम गर्न जोड दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । राणाले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि अनुशासन अनिवार्य शर्त भएकोले त्यो कायम हुनुपर्नेमा जोड दिईन् । उनले पार्टीभित्र हुने गरेको अन्तरघात पनि रोकिनुपर्ने बताईन् । सोही प्रस्तावको बिरुद्धमा अर्का नेता ज्ञानेन्द्र बहादुर कार्कीले समेत आपत्ति जनाएका थिए